जिप दुर्घटना हुँदा ३ डाक्टरसहित ५ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
१५ पटक हेरिएको
Shares
जिप दुर्घटना हुँदा ३ डाक्टरसहित ५ जनाको मृत्यु

सारांश

  • एकजना डाक्टर गम्भीर घाइते भएका छन् ।
  • सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटना हुँदा ग्रामिण आयुर्विज्ञान संस्थान (रम्स)का ३ आवासीय चिकित्सकसहित पाँच जनाको मृत्यु भएको हो ।
  • उनीहरु सबै एक जना साथी डाक्टरको बिहेमा सहभागी हुन जाने क्रममा दुर्घटनामा परेका थिए ।

 

१३ मंसिर, काठमाडौँ, भारतको लखनउ-आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् ।

सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटना हुँदा ग्रामिण आयुर्विज्ञान संस्थान (रम्स)का ३ आवासीय चिकित्सकसहित पाँच जनाको मृत्यु भएको हो । उनीहरु सबै एक जना साथी डाक्टरको बिहेमा सहभागी हुन जाने क्रममा दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार तीव्र गतिका कारण जिप दुर्घटना भएको थियो । जिप १३० किलोमिटर प्रतिघण्टाको गतिमा थियो । त्यसैक्रममा डिभाइडर ठोक्किएर जिप अनियन्त्रित भएपछि अर्को लेनमा रहेको ट्रकसँग ठोक्किएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?