Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १, २०८२
|
|
४८ पटक हेरिएको
Shares
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी

सारांश

  • रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ ।
  • शनिबार बिहान करिब ५ बजेको समयमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो ।
  • विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

१ कात्तिक, बुटवल ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ५ बजेको समयमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् ।

उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड ३२ लाख बढी मूल्य बराबरको क्षति भएको  बताए । सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीबासीको सहयोगमा आगो निभाइएको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले बताए । आगलागी बिहान ८ बजे मात्रै नियन्त्रणमा आएको स्थानीय रामदयाल गुप्ताले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
सुनको मूल्यमा नयाँ रेकर्ड, ३ हजारले बढ्यो सुनको मूल्य
सुनको मूल्यमा नयाँ रेकर्ड, ३ हजारले बढ्यो सुनको मूल्य
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय
संसदमा बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास, राप्रपा
संसदमा बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास, राप्रपा
बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती
बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती
एसिया कप: सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै
एसिया कप: सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा