Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा नेपाली सेना  स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा नेपाली  सेनाद्वारा  आयोजना गरिएको  सेना दिवस  २०८१ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा बुधबार बढाईं तथा सैनिक कला प्रदर्शनी विशेष समारोहमा सरिक भएका छन् ।
  • सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको हुन् ।
  • राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् ।

 

१४ फागुन,  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा नेपाली सेना  स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा नेपाली  सेनाद्वारा  आयोजना गरिएको  सेना दिवस  २०८१ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा बुधबार बढाईं तथा सैनिक कला प्रदर्शनी विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको हुन् ।

राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । सो अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्री  बढाइं तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य  र सङगीतको धुन प्रदर्शन  गरेको थियो  । साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण  र हतियार प्रदर्शन गरेको  थियोे ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेका थिए । साथै उहाले मित्रराष्ट्र भारत, बेलायत  र अमेरिकाका  ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे  । कार्यक्रममा  भारत, वेलायत  र अमेरिकी सैनिक व्याण्डबाट समेत ब्याण्ड प्रदर्शनी गरिएको थियो । यसैगरी राष्ट्रपति पौडेलले त्यहास्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए  । समारोहमा प्रथम महिला सबिता पौडेल पनि समुपस्थित थिइन्  । त्यसैगरी कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतका उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
एलडीसी ग्र्याजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
आजपा र समाजवादी जनएकता पार्टीबीच एकीकरण
आजपा र समाजवादी जनएकता पार्टीबीच एकीकरण
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता