कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला

सारांश

  • ३७ मध्ये तीन जना अमेरिकी, एक जना बेलायती, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक रहेका बीबीसीले जनाएको छ ।
  • उनीहरुमाथी गएको मे महिनामा राष्ट्रपति निवासमा भएको आक्रमणको नेतृत्व गरेको आरोप लगाइएको छ ।
  • ५१ जना विरुद्ध सैन्य अदालतमा मुद्दा चलाएकोमा १४ जना निर्दोष ठहर भएका छन् ।

२९ भदौ, प्रजातान्त्रिक गणतन्त्र (डीआर) कङ्गोको सैन्य अदालतले राष्ट्रपतिलाई सत्ताच्युत गर्न प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।३७ मध्ये तीन जना अमेरिकी, एक जना बेलायती, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक रहेका बीबीसीले जनाएको छ । उनीहरुमाथी गएको मे महिनामा राष्ट्रपति निवासमा भएको आक्रमणको नेतृत्व गरेको आरोप लगाइएको छ । ५१ जना विरुद्ध सैन्य अदालतमा मुद्दा चलाएकोमा १४ जना निर्दोष ठहर भएका छन् । फैसला सुनाएको अदालतले बेलायती नागरिक युसुफ इजाङ्गीले ‘कू’ प्रयासमा संलग्न हुनका लागि मानिस जुटाएको उल्लेख गरेको छ । दोषी ठहर भएकासँग पुनरावेदनका लागि पाँच दिनको समय छ ।गएको मे १९ तारिखको बिहानै राजधानी कन्शासमा भएको एउटा ‘कू’ प्रयासलाई सुरक्षा फौजले निस्तेज पारिदिएको त्यहाँको सेनाले जनाएको थियो । डीआर कङ्गोमा झण्डै दुई दशकमा मृत्युदण्ड कार्यान्वयन गरिएको छैन । मृत्युदण्डको सजाय पाउनेले आजीवन कारावास बेहोर्ने गरेका छन् । अथाह खनिज र विशाल जनसङ्ख्या भएको देश डीआर कङ्गोमा द्वन्द्व, भ्रष्टाचार र सुशासनको अभावमा धेरै मानिसले कठिन जीवन बिताइरहेका छन् । धेरैजसो प्राकृतिक स्रोत हिंसाग्रस्त क्षेत्रमा छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु   
भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु   
चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा
चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ