Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २९, २०८१
|
|
७४ पटक हेरिएको
Shares
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला

सारांश

  • ३७ मध्ये तीन जना अमेरिकी, एक जना बेलायती, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक रहेका बीबीसीले जनाएको छ ।
  • उनीहरुमाथी गएको मे महिनामा राष्ट्रपति निवासमा भएको आक्रमणको नेतृत्व गरेको आरोप लगाइएको छ ।
  • ५१ जना विरुद्ध सैन्य अदालतमा मुद्दा चलाएकोमा १४ जना निर्दोष ठहर भएका छन् ।

 

२९ भदौ, प्रजातान्त्रिक गणतन्त्र (डीआर) कङ्गोको सैन्य अदालतले राष्ट्रपतिलाई सत्ताच्युत गर्न प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।३७ मध्ये तीन जना अमेरिकी, एक जना बेलायती, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक रहेका बीबीसीले जनाएको छ । उनीहरुमाथी गएको मे महिनामा राष्ट्रपति निवासमा भएको आक्रमणको नेतृत्व गरेको आरोप लगाइएको छ । ५१ जना विरुद्ध सैन्य अदालतमा मुद्दा चलाएकोमा १४ जना निर्दोष ठहर भएका छन् । फैसला सुनाएको अदालतले बेलायती नागरिक युसुफ इजाङ्गीले ‘कू’ प्रयासमा संलग्न हुनका लागि मानिस जुटाएको उल्लेख गरेको छ । दोषी ठहर भएकासँग पुनरावेदनका लागि पाँच दिनको समय छ ।गएको मे १९ तारिखको बिहानै राजधानी कन्शासमा भएको एउटा ‘कू’ प्रयासलाई सुरक्षा फौजले निस्तेज पारिदिएको त्यहाँको सेनाले जनाएको थियो । डीआर कङ्गोमा झण्डै दुई दशकमा मृत्युदण्ड कार्यान्वयन गरिएको छैन । मृत्युदण्डको सजाय पाउनेले आजीवन कारावास बेहोर्ने गरेका छन् । अथाह खनिज र विशाल जनसङ्ख्या भएको देश डीआर कङ्गोमा द्वन्द्व, भ्रष्टाचार र सुशासनको अभावमा धेरै मानिसले कठिन जीवन बिताइरहेका छन् । धेरैजसो प्राकृतिक स्रोत हिंसाग्रस्त क्षेत्रमा छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
आजदेखि धरहरामा निःशुल्क पार्किङ सुरु
आजदेखि धरहरामा निःशुल्क पार्किङ सुरु
एनसेलले गत आवमा तिर्‍यो १७.२४ अर्ब कर
एनसेलले गत आवमा तिर्‍यो १७.२४ अर्ब कर
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ