एनसेलले गत आवमा तिर्यो १७.२४ अर्ब कर
सारांश
- सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रअन्तर्गत नेपालमा सबैभन्दा बढी कर तिर्नेमध्येको एक कम्पनीका रूपमा एनसेललाई चिनिन्छ।
- एनसेलले उपलब्ध गराएको विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष सरकारलाई कुल १७ अर्ब २४ करोड ४६ लाख २३ हजार ८ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो।
- कुल भुक्तानीमध्ये ३.
एनसेलले गत आर्थिक वर्ष २०८२/८३ मा कर तथा विभिन्न शुल्कबापत सरकारलाई १७ अर्ब २४ करोड भुक्तानी गरेको छ।
सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रअन्तर्गत नेपालमा सबैभन्दा बढी कर तिर्नेमध्येको एक कम्पनीका रूपमा एनसेललाई चिनिन्छ।
एनसेलले उपलब्ध गराएको विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष सरकारलाई कुल १७ अर्ब २४ करोड ४६ लाख २३ हजार ८ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो। कुल भुक्तानीमध्ये ३.२९ अर्ब रुपैयाँ जीएसएम मोबाइल लाइसेन्स नवीकरण शुल्क किस्ता, २ लाख ७० हजार रुपैयाँ ईन्टरनेट सेवा प्रदायक लाइसेन्स नविकरण शुल्क र १.०१ अर्ब रुपैयाँ भन्सार महसुलबापत भुक्तानी गरेको छ।
त्यस्तै, कम्पनीले १.२९ अर्ब रुपैयाँ रोयल्टी र १.९६ अर्ब रुपैयाँ फ्रिक्वेन्सी शुल्कबापत सरकारलाई तिरेको छ। बिक्रीमा लाग्ने मूल्य अभिवृद्धि कर बापत २.६३ अर्ब रुपैयाँ तथा स्रोतमा कर कट्टी बापत ९८.८५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। त्यस्तै, एनसेलले ग्रामीण दूरसञ्चार विकास कोषमा ६४.९६ करोड रुपैयाँ योगदान गरेको छ।
सरकारको नीतिअनुसार, दूरसञ्चार विकास कोषमा संकलित रकम डिजिटल कनेक्टिभिटी विस्तार, दूरसञ्चार पूर्वाधार सुदृढीकरण तथा सहरी र ग्रामीण समुदायबीचको डिजिटल विभाजन कम गर्न प्रयोग गर्ने उद्देश्य राखिएको छ।
गत वर्ष वैशाखमा नेपाल सरकारले कर भुक्तानीका आधारमा देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रूपमा एनसेललाई सम्मान गरेको थियो । एनसेल हरेक वर्ष धेरै कर तिर्ने ठूला करदाता कम्पनीको सूचीमा रहेको छ ।
एनसेलले स्थापनाकालदेखि गत आव २०८२/८३ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा झण्डै ३ खर्ब ७५ अर्ब कर तथा शुल्क तिरेको कम्पनीले जनाएको छ । एनसेलले एनसेल फाउन्डेसनमार्फत पनि सामाजिक कार्य गर्दै आएको छ। कम्पनीले हालसम्म २ अर्बभन्दा बढी संस्थागत व्यवसायिक जिम्मेवारी अर्थात् सीएसआरमा खर्च गरिसकेको जनाएको छ।
प्रतिक्रिया