गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र

सारांश

  • नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणविरुद्ध सदनभित्र विपक्षीले सुरु गरेको संघर्ष जारी रहेको बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोेलेका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका रहेकाले राजीनामा माग्दै विपक्षीले संघर्ष गरिरहेको बताएका हुन् ।
  • उनले आफूमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरेर जनतालाई थप गुमराहमा राख्न खोजेको आरोप लगाए ।

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणविरुद्ध सदनभित्र विपक्षीले सुरु गरेको संघर्ष जारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोेलेका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका रहेकाले राजीनामा माग्दै विपक्षीले संघर्ष गरिरहेको बताएका हुन् ।

उनले आफूमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरेर जनतालाई थप गुमराहमा राख्न खोजेको आरोप लगाए । ‘पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले कर्मचारीलाई दोषरोपण गरेर गृहमन्त्री पन्छिन खोज्नु भयो,’ उनले भने, ‘भ्रष्टाचार भयो भने कारबाही गर्ने दायित्व यो सरकारको छ कि छैन ? कारबाही गर्न यो सरकार बनेको होइन ? यसरी जनतालाई गुमराहमा राख्न खोजिएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?