ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

सारांश

  •  हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते घएका छन् ।
  • चङ्खेली गाउँपालिका–१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु४त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।
  • १४ क्विन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्याक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

६ माघ, हुम्ला हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते घएका छन् । चङ्खेली गाउँपालिका–१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु४त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

१४ क्विन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्याक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको उनले बताए । दुर्घटनामा परी घाइते हुनेमा चङ्खेली–१ का ४० वर्षीय मानबहादुर बोहरा रहेका बताउँदै उनको टाउको र छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा घाइते भएका छन् । धनाको टाउको र चरीको शरीरका विभिन्न भागमा चोट लागे पनि उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए । चालक बडुवाल दुर्घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर चालिस मिटर तल खसेको थियो । मिमी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा खटिएको छ जना प्रहरीको टोलीले घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
आयोगले सहसचिवका लागि ११ जनालाई  सिफारिस
आयोगले सहसचिवका लागि ११ जनालाई सिफारिस
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ
राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ