Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
४३ पटक हेरिएको
Shares
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता

सारांश

  • काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् ।
  • बेपत्ता हुनेमा रसुवा घर भई तारकेश्वर बस्दै आएका वीरमान तामाङका १२ वर्षीय छोरा विमल तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
  • मंगलबार साँझ तारकेश्वर नगरपालिका–५ स्थित लोलाङको तरकारी बजार नजिकैको नागिन खोलाले ती बालकलाई बगाएको थियो ।

 

१९ भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् ।बेपत्ता हुनेमा रसुवा घर भई तारकेश्वर बस्दै आएका वीरमान तामाङका १२ वर्षीय छोरा विमल तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । मंगलबार साँझ तारकेश्वर नगरपालिका–५ स्थित लोलाङको तरकारी बजार नजिकैको नागिन खोलाले ती बालकलाई बगाएको थियो । मंगलबारदेखि नै खोजी जारी भए पनि अहिलेसम्म बालकको अवस्था पत्ता नलागेको एसपी अधिकारीले बताए । खोलामा छाता खस्दा टिप्ने क्रममा ती बालक बगेका थिए । रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ती बालक परिवारसँग तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वर ढुंगाधारमाा बस्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोनमा चर्को बोलेको निहुँमा साथीको घाँटी रेटेर ह*त्या
फोनमा चर्को बोलेको निहुँमा साथीको घाँटी रेटेर ह*त्या
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री