Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २, २०८२
|
|
४० पटक हेरिएको
Shares
कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने

सारांश

  • कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ ।
  • कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्न लागेको हो ।
  • कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

२ चैत,काठमाडौं ।

कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको यस आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ । स्थानीयतर्फ ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई र ४ लाख ९० हजार कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ । त्यस्तै, ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिनेछ ।

दुवैतर्फका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत २४ गतेसम्म र ढिलोमा वैशाख ९ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १५ देखि चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बझाङमा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको हो । कम्पनी हाल १ करोड ३१ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८.५६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो तोलामा ५८ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा ५८ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै
एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै
रेडक्रसले बाढी प्रभावित १ हजार परिवारका लागि अस्थायी आवास बनाउने
रेडक्रसले बाढी प्रभावित १ हजार परिवारका लागि अस्थायी आवास बनाउने
अफगानिस्तानमाथि नेपालको शानदार जित
अफगानिस्तानमाथि नेपालको शानदार जित
टेक्सास बाढी : मु*त्यु हुनेको संख्या ११९ पुग्यो, अझै बढ्न सक्ने अनुमान
टेक्सास बाढी : मु*त्यु हुनेको संख्या ११९ पुग्यो, अझै बढ्न सक्ने अनुमान
३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
चीनद्वारा नेपाललाई दुईवटा बेली पुल हस्तान्तरण
चीनद्वारा नेपाललाई दुईवटा बेली पुल हस्तान्तरण
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु