चीनद्वारा नेपाललाई दुईवटा बेली पुल हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
२०० पटक हेरिएको
Shares
चीनद्वारा नेपाललाई दुईवटा बेली पुल हस्तान्तरण

सारांश

  • चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
  • नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो।
  • सोही अनुरोधअनुसार चीनले पहिलो चरणमा १०० मिटर लम्बाइका दुईवटा बेली पुल निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।

काठमाडौं ।

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार चीनले पहिलो चरणमा १०० मिटर लम्बाइका दुईवटा बेली पुल निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।

ल्हासास्थित नेपालको महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण तथा ग्रहण समारोहमा ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला र सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उप-महानिर्देशक ओउयाङ झिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरी एक–आपसमा आदानप्रदान गरेका थिए।

समारोहमा ल्हासास्थित नेपाली महावाणिज्य दूतावास तथा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका अधिकारीहरूको उपस्थिति थियो।

पुलका सामग्रीहरू माथिल्लो मुस्ताङको कोरोला (लिजी) सीमा बिन्दुमा आइपुगेका छन्। नेपाली पक्षले ती सामग्री बुझेर बाढी प्रभावित क्षेत्रमा पुल जडानको प्रक्रिया अघि बढाउनेछ।

पुलको प्रभावकारी र सहज जडानका लागि चिनियाँ पक्षले आवश्यक प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको छ। चिनियाँ प्राविधिकहरू छिट्टै नेपाल आउने बताइएको छ।

चीनले उपलब्ध गराएका सामग्रीमा बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल तथा पाइप वेल्डिङ लगायतका सामग्री रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल