भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास

सारांश

  •   प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका-२ मा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका हुन्।
  • पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले जमिन उपलब्ध गराएका हुन्।
  • एमाले महासचिव शंकर पोखरेलले एमाले पार्टी कार्यालय भवन बनाउन गुरुङले १० रोपनी १४ आना जग्गा दान गरेको जानकारी दिए।

२५ असोज, सरकार नेतृत्वकर्ता नेकपा एमालेले आज (असोज २५ गते) केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ।  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका-२ मा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका हुन्।

पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले जमिन उपलब्ध गराएका हुन्। एमाले महासचिव शंकर पोखरेलले एमाले पार्टी कार्यालय भवन बनाउन गुरुङले १० रोपनी १४ आना जग्गा दान गरेको जानकारी दिए। शिलान्यास कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता/कार्यकर्ताको उपस्थिति थियो।  शिलान्याश कार्यक्रममा जग्गादाता गुरुङ पनि सहभागी भएका थिए।

एमालेले पार्टी सदस्यहरूको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने जनाएको छ।  २०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका-१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा कार्यालय सञ्चालन गरिएको थियो। पछिल्लोपटक च्यासलस्थित पार्टी कार्यालयमा पनि हालै बाढी पसेपछि स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउन लागिएको एमालेको भनाइ छ।  बिहीबार बसेको एमाले सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली
चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली
जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि
जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाः नेपाल र मलेसिया फाइनल खेल खेल्दै
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाः नेपाल र मलेसिया फाइनल खेल खेल्दै
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी