नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २६, २०८१
|
|
३० पटक हेरिएको
Shares
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई

सारांश

  • गृहमन्त्रीले बुधबार मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलसहित तीन जनालाई सरुवा गरेका हुन्।
  • पोखरेललाई प्रदेश प्रमुखबाट हटाइएको छ।
  • उनलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ।Worldlink adsगृहमन्त्रीले बुधबार मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलसहित तीन जनालाई सरुवा गरेका हुन्।पोखरेललाई प्रदेश प्रमुखबाट हटाइएको छ। उनलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। पछिल्लो समय उनी आर्थिक अपचलनको विवादमा तानिएका थिए।प्रहरी महानिरिक्षक वसन्त कुँवरले सार्वजनिक कार्यक्रममै एक डीआईजी कारबाहीमा पर्न लागेको बताएका थिए। मधेश प्रदेशका केही घुमुवाहरुलाई यसअघि नै प्रहरी प्रधान कार्यालय तानेर छानविन भइरहेको थियो। गृहमन्त्रालयले डीआईजीलाई पनि हेडक्वार्टर तानेको हो। उनको खातामा शंकास्पद कारोबार देखिएको स्रोतको दाब छ। पोखरेललाई सरुवा गरेर लालमणि आचार्यलाई मधेश प्रदेश प्रमुखको जिम्मा दिइएको छ। यस्तै डीआईजी राजेशनाथ बास्तोला पनि सरुवा भएका छन्। बास्तोलालाई भरतपुर तालिम शिक्षालय सरुवा गरिएको छ। डीआईजी आचार्यलाई यसअघिका गृहमन्त्री रवि लामिछानेले ५ महिनामै प्रदेश प्रमुखबाट हटाएका थिए। उनी यसअघि कर्णाली प्रदेश प्रमुख थिए। तर उनलाई ५ महिनामै सरुवा गरेर प्रदेश प्रमुखको जिम्मा अर्जुन चन्द ठकुरीलाई दिइएको थियो। रमेश लेखकले उनलाई महत्वपूर्ण मानिने मधेस प्रदेश प्रमुखको जिम्मा दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
बालकोटमा कोठाभित्र एक महिला मृ*त फेला
बालकोटमा कोठाभित्र एक महिला मृ*त फेला
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
सर्लाहीमा आयुर्वेद स्वास्थ्यकर्मी समाजको नयाँ नेतृत्व चयन
सर्लाहीमा आयुर्वेद स्वास्थ्यकर्मी समाजको नयाँ नेतृत्व चयन
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया