सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अछाममा हायक निरीक्षक आफैंमाथि गोली प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
४० पटक हेरिएको
Shares
अछाममा हायक निरीक्षक आफैंमाथि गोली प्रहार

सारांश

  • अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।
  • तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
  •   चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको डीएसपी भण्डारीले जानकारी दिए ।

 

१४ मंसिर, धनगढी । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

 

चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको डीएसपी भण्डारीले जानकारी दिए । चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंमाथि गोली प्रहार गरेको पाइएको डीएसपी भण्डारीले पुष्टि गरे । चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए । मेडिकल कलेजमा उपचाररत चन्द बोल्न सक्ने अवस्थामा रहेका छन् ।

घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । चन्दले गोली प्रहार गर्नुको कारण नखुलेको बताउँदै डीएसपी भण्डारीले छानबिन समितिले अध्ययन गरेपछि धेरै कुरा खुल्ने बताए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
झन्डै १० करोडको जग्गा किर्ते बिक्री गरेको अभियोगमा काठमाडौँ-१३ का वडाध्यक्षविरुद्ध मुद्दा
झन्डै १० करोडको जग्गा किर्ते बिक्री गरेको अभियोगमा काठमाडौँ-१३ का वडाध्यक्षविरुद्ध मुद्दा
सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो
सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत
सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत
आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव