रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २५, २०८१
|
|
३४ पटक हेरिएको
Shares
रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार

सारांश

  • अज्ञात समूहले हानेको गोली लागेर मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन् ।
  • रौतहटको चन्द्रपुर नगरपालिकाको समयमा अज्ञात समूहले प्रधानाध्यापक लामामाथि गोली प्रहार गरेका थिए ।
  • चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकस्थित जोगी खोलाको मुहानमा प्रधानाध्यापक लामामाथि गोली प्रहार गरिएको थियो ।

 

२५ कार्तिक, रौतहट-रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर-१ स्थित मकवानपुरको सीमामा गोली चलेको छ । अज्ञात समूहले हानेको गोली लागेर मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको समयमा अज्ञात समूहले प्रधानाध्यापक लामामाथि गोली प्रहार गरेका थिए ।चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकस्थित जोगी खोलाको मुहानमा प्रधानाध्यापक लामामाथि गोली प्रहार गरिएको थियो ।

दाहिने गालामा गोली लागेका लामालाई उपचारका लागि वीरगञ्ज पठाइएको चन्द्रपुर-१२ का स्थानीयबासी समिरबाबु कार्कीले बताए । गोली चलेको स्थानमा अहिले प्रहरी चौकी पौराहीबाट प्रहरी सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा टोली पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?