महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १९, २०८१
|
|
७२ पटक हेरिएको
Shares
महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य

सारांश

  • काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको दोस्रो खेलमा नेपालले शनिबार थाइल्याण्डसँग खेलिरहेको छ ।
  • त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा भइरहेको खेलमा नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो ।

१९ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको दोस्रो खेलमा नेपालले शनिबार थाइल्याण्डसँग खेलिरहेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा भइरहेको खेलमा नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो । नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो । नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए ।

कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले २-२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार मन्त्री खरेलद्वारा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
सञ्चार मन्त्री खरेलद्वारा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
गुल्मीको हर्पुकोटमा आगलागी
गुल्मीको हर्पुकोटमा आगलागी
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?