खैरो हेरोइनसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१६७ पटक हेरिएको
Shares
खैरो हेरोइनसहित एक जना पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त टोलीले धनकुटा नगरपालिका–१ स्थित हिले क्याम्पस नजिक सडकमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई जाँच गर्ने क्रममा खैरो हेरोइन बरामद गरेको हो।
  • पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–७ मुगा टोल निवासी ३२ वर्षीय हरि तामाङ रहेका छन्।
  • प्रहरीका अनुसार उनको शरीर खानतलासी गर्दा गोजीमा लुकाइराखिएको हरियो प्लास्टिकभित्र खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो।

धनकुटा — धनकुटामा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त टोलीले धनकुटा नगरपालिका–१ स्थित हिले क्याम्पस नजिक सडकमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई जाँच गर्ने क्रममा खैरो हेरोइन बरामद गरेको हो।

पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–७ मुगा टोल निवासी ३२ वर्षीय हरि तामाङ रहेका छन्। प्रहरीका अनुसार उनको शरीर खानतलासी गर्दा गोजीमा लुकाइराखिएको हरियो प्लास्टिकभित्र खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार उक्त पदार्थ १८ वटा साना प्याकेटमा राखिएको अवस्थामा बरामद गरिएको हो। बरामद पदार्थको तौल प्लास्टिकसहित १ ग्राम ६८० मिलिग्राम र प्लास्टिकबाहेक १ ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच छलफल जारी
अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच छलफल जारी
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा 
लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा 
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड रुपैयाँ जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड रुपैयाँ जम्मा
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ
हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ