पत्र पाएपछि बयान दिन जाने-नजाने निर्णय गर्छु: रमेश लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
३० पटक हेरिएको
Shares
पत्र पाएपछि बयान दिन जाने-नजाने निर्णय गर्छु: रमेश लेखक

सारांश

  • जेनजी आन्दोलनताकाका गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाउँदै पठाएको पत्र आफूले प्राप्त गरिनसकेको बताएका छन् ।
  • बयान दिन जाने कि नजाने त?
  • लेखकले आफूले त्यसबारे निर्णय गरिनसकेको जवाफ दिए ।

८ पुस, काठमाडौँ ।

जेनजी आन्दोलनताकाका गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाउँदै पठाएको पत्र आफूले प्राप्त गरिनसकेको बताएका छन् । बयान दिन जाने कि नजाने त? लेखकले आफूले त्यसबारे निर्णय गरिनसकेको जवाफ दिए । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र लेखेको छ ।

आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले लेखकलाई बयानका लागि उपस्थित हुन आग्रहसहित पत्र लेखिएको जानकारी दिए । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । जेनजी आन्दोलनकोक्रममा भएको मानवीय क्षतिमा लेखक गृहमन्त्री भएकाले जवाफदेही हुनुपर्ने आवाज उठिरहेको छ । त्यस्तै तत्कालीन प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीलाई पनि बयानमा बोलाउने तयारी गरेको तर अहिलेसम्म पत्र नकाटिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । यो आयोगको कार्यकाल तीन महिना तोकिएको थियो। तीन महिनाको समयमा काम नसकिएको भन्दै हालैको मन्त्रिपरिषद् बैठक एक महिना समय थप गर्ने निर्णय गरेको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी
ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी
पर्सामा कार दुर्घटनामा परी एकको मृ*त्यु, तीन घाइते
पर्सामा कार दुर्घटनामा परी एकको मृ*त्यु, तीन घाइते
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति