इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १८, २०८१
|
|
२८ पटक हेरिएको
Shares
इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान

सारांश

  • अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२औं महासभामा सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गो प्रस्थान गरेका छन्।
  • तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईजीपी कुँवर आज बिहान ग्लास्गोतर्फ लागेका हुन्।
  • महासभा भोलिदेखि बिहीबारसम्म सञ्चालन हुनेछ, जसमा इन्टरपोलका १९६ सदस्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

काठमाडौं।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२औं महासभामा सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गो प्रस्थान गरेका छन्। तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईजीपी कुँवर आज बिहान ग्लास्गोतर्फ लागेका हुन्।

महासभा भोलिदेखि बिहीबारसम्म सञ्चालन हुनेछ, जसमा इन्टरपोलका १९६ सदस्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभामा इन्टरपोल र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बीचको सहकार्य, आतंकवादविरुद्धको रणनीति, प्रहरीको विश्लेषणात्मक क्षमता अभिवृद्धि, अतिवादविरुद्ध एकीकृत रणनीति तथा इन्टरपोलको संविधान संशोधन जस्ता विषयमा छलफल गरिने छ।

महासभामा प्रहरीका कार्यकारी अधिकारीहरूबीच महत्वपूर्ण अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समस्याहरूको समाधानका लागि अनुभव आदानप्रदान र आपसी सहकार्यको प्रगाढताको अपेक्षा गरिएको छ। नेपाल प्रहरीका उच्च अधिकारीहरूको यो सहभागिताले अन्तर्राष्ट्रिय प्रहरी नेटवर्कमा नेपालको उपस्थिति सुदृढ गर्ने विश्वास गरिएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यस भ्रमणले नेपाल प्रहरीलाई इन्टरपोलका नवीनतम अनुसन्धान विधिहरू र प्रविधिहरूसँग परिचित गराउने अवसर प्रदान

गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै
संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै
खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ
खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ
बजेट नल्याउने २५ स्थानीय तहमा मधेशका मात्रै २४ पालिका
बजेट नल्याउने २५ स्थानीय तहमा मधेशका मात्रै २४ पालिका
बारामा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ
बारामा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश