राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्

सारांश

  • काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।
  • काठमाडौंमा राजावादी प्रदर्शनको अघिल्लो दिन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिँदै एआईजी तामाङले प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए अवलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न निर्देशन दिएका हुन् ।
  • उनले सामूहिक भावनाले भीड नियन्त्रणमा खटिन पनि निर्देशन दिएका छन् ।

१४ जेठ, काठमाडौं ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न निर्देशन दिएका छन् । काठमाडौंमा राजावादी प्रदर्शनको अघिल्लो दिन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिँदै एआईजी तामाङले प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए अवलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न निर्देशन दिएका हुन् ।

उनले सामूहिक भावनाले भीड नियन्त्रणमा खटिन पनि निर्देशन दिएका छन् । एआईजी तामाङले काठमाडौं उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध प्रदर्शन गर्न पनि भनेका छन् । साथै, उच्च मनोबलका साथ पूर्ण व्यावसायिक तवरले कार्य गर्न उनले निर्देशन दिएका छन् ।

बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न उपस्थित अधिकृतहरूलाई निर्देशन दिएको बताइएको छ । कार्यक्रममा नेपालका प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
प्रतिनिधिसभाको बैठक बस्दै‌, यस्तो छ सम्भावित कार्यसुची 
प्रतिनिधिसभाको बैठक बस्दै‌, यस्तो छ सम्भावित कार्यसुची 
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ