सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका छन् ।
  • नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
  • ‘अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएका छन् ।

 

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएका छन् ।

तर, माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको छ,’ उनले भने, ‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो ।’ अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुनु पर्ने कारणले केही दिनका लागि अभियान स्थगित गरिएको उनले बताए । काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको प्रचण्डले बताएको उनको सचिवालयले जनाएको छ । सम्बोधनको क्रममा प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको पनि बताएका छन् ।

‘हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियानमा सम्पूर्ण पार्टी पंक्ति सक्रिय छ । हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं । यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ । जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्,’ उनले भने । सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनको भनाइ छ ।  ‘हामी राम्रो काम गर्दै थियौं, तर उनीहरूले हाम्रो सरकार हटाइदिए । तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन्,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले प्रचारप्रसार गर्नै परेन । मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ । ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो ।

यो कुरा जनताले राम्रोसँग बुझेका छन् ।’ हुलाकी राजमार्ग निर्माणमा माओवादी केन्द्रको भूमिकाका कारण पनि सो राजमार्ग आसपासका जनतामा जागरण अभियानले थप उत्साह ल्याएको उनको भनाइ थियो । उनले भने, ‘म प्रधानमन्त्री हुँदा निर्माण रोकिएको हुलाकी राजमार्ग भारतसँग कुराकानी गरी हुलाकी राजमार्गको उद्घाटन आफैंले गरेको थिएँ । त्यसैले अहिले पनि त्यहाँका जनतामा माओवादीप्रतिको विश्वास बलियो बनेको छ । माओवादीले जे भन्छ, त्यो गर्छ भन्ने अनुभूति उनीहरूमा छ ।’\ माओवादी सचिवालयका अनुसार भर्चुअल सम्बोधनको क्रममा प्रचण्डले पूर्वको झापादेखि महोत्तरीसम्मको अभियानमा करिब ४ हजार जना माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गरेका छन् ।

तीमध्ये जनताबीच राम्रो प्रभाव भएका नेताहरू पनि माओवादीमा प्रवेश गरेका कारण पार्टी पंक्तिमा उत्साह थपिएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अभियान केही दिन रोक्दा पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेताहरू, बुद्धिजीवी र कर्मचारीहरूले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको बताउँदै त्यसले अभियानको प्रभाव स्पष्ट देखिएको उल्लेख गर्नुभयो। नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने
भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने
कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द
नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द