सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
४५ पटक हेरिएको
Shares
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक

सारांश

  • वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः एक खर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
  • अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले बताएको छ ।
  • निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो ।

 

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) पनि राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः एक खर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले बताएको छ । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्हन गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङमा अति भारी वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी?
मोरङमा अति भारी वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी?
राष्ट्रियसभा बैठक बस्ने
राष्ट्रियसभा बैठक बस्ने
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, एकअर्कोले लगाए ‘चोर’को आरोप
प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, एकअर्कोले लगाए ‘चोर’को आरोप
ब्रिज कोर्स बन्द गर्ने सूचना मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ?
ब्रिज कोर्स बन्द गर्ने सूचना मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ?
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ
लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ
सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित
सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित