आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
१९ पटक हेरिएको
Shares
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक

सारांश

  • वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः एक खर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
  • अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले बताएको छ ।
  • निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो ।

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) पनि राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः एक खर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले बताएको छ । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्हन गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
तीन महिनामा संसदको इन्धन खर्च डेढ करोड
तीन महिनामा संसदको इन्धन खर्च डेढ करोड
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक
हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक