भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १२, २०८२
|
|
३० पटक हेरिएको
Shares
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ

सारांश

  • जिल्लाको सिमावर्ती क्षेत्र संगरामपुर नाका हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका एक महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
  • स्रोतका अनुसार चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले ती व्यक्तिहरूलाई रोकी खानतलासी गर्दा झोलाभित्र गाईको मासु जस्तो देखिने करिब एक झोला मासु फेला परेको हो।
  • सोही आधारमा दुवै जनालाई नियन्त्रणमा लिइएको छ।

१२ पुष, सर्लाही ।

जिल्लाको सिमावर्ती क्षेत्र संगरामपुर नाका हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका एक महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

स्रोतका अनुसार चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले ती व्यक्तिहरूलाई रोकी खानतलासी गर्दा झोलाभित्र गाईको मासु जस्तो देखिने करिब एक झोला मासु फेला परेको हो। सोही आधारमा दुवै जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका महिला र पुरुषलाई संगरामपुर प्रहरी चौकीमा ल्याएर प्रारम्भिक सोधपुछ गरिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाउने तयारी भइरहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै बरामद गरिएको मासु गाईको नै हो वा होइन भन्ने विषयमा परीक्षणपछि मात्रै यकिन हुने बताएका छन्।

साथै पक्राउ परेका व्यक्तिहरूको स्थायी ठेगाना र घटनामा संलग्नताको विषयमा पनि अनुसन्धान जारी रहेको र त्यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने फैसला
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने फैसला
पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन
पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित