टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

सारांश

  • आइसीसी टी २० विश्वकपमा पाकिस्तानलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ ।
  • श्रीलङ्काको पालेकेले स्टेडियममा भएको सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो ।
  • टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

 

१३ फागुन, काठमाडौं ।

आइसीसी टी २० विश्वकपमा पाकिस्तानलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । श्रीलङ्काको पालेकेले स्टेडियममा भएको सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । पाकिस्तानले दिएको १६५ रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाउँदै १६६ रनसहित लक्ष्य पूरा गरेको हो ।

इङ्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रोकले शतकीय पारी खेले । उनले ५१ बलमा १० चौका र चार छक्का सहित १०० रन बनाएका हुन् । ओपनरद्वय फिल साल्ट र जोश बट्लर सस्तैमा पेभेलियन फर्किदा ह्यारी ब्रुकको शतकीय पारीले इङ्ल्यान्डको जिततर्फ उन्मुख गरेको हो । साम करनले १६ र विल ज्याक्सले २८ रन बनाए . लियम डुवासन १ रन र जोफ्रा आर्चर ५ रनमा अविजित रहे । पाकिस्तानका लागि बलिङ तर्फ शाहिंन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट लिए मोहम्मद नवाज र उस्मान तारिकले समान २/२ विकेट लिए । इङ्ल्यान्डले लगातार दुई खेल जित्दै ४ अङ्क जोड्दै सेमिफाइनल पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ