प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल

सारांश

  •   गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुर्ननिर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
  •  संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको हो।
  • विश्वभरिका गैरआवासीय नेपालीहरू नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपुरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दै पुन:निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताए।

५ असोज, काठमाडौं । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुर्ननिर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।  संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको हो। विश्वभरिका गैरआवासीय नेपालीहरू नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपुरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दै पुन:निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताए।

‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले मातृभूमिलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन्,’ उनले भने, ‘उनीहरुको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढंगले प्रयोग गर्न सकिने व्यवस्था  मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ।’ जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरिन्। पुनर्निर्माणको लागि नेपाली र गैरआवासीय नेपालीसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उनको भनाइ थियो। उनले मुलुकमा आर्थिक समृद्धिका लागि आ-आफ्नो स्थानबाट सहयोग पुर्‍याउन आग्रह गरिन्।

केसीले ‘एक पटकको नेपाली सदैव नेपाली’ भन्ने मुल उद्देश्य अनुरुप संविधान संशोधनमार्फत गैरआवासीय नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरतासहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गरे। प्रधानमन्त्री कार्कीले संघले मताधिकार लगायत अन्य मागलाई सकारात्मक रुपमा लिएको तथा आगामी  निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई विदेशबाटनै मतदान गर्ने व्यवस्था मिलाइने जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रमका सह-सचिवविरुद्ध अख्तियारमा उजुरी
श्रमका सह-सचिवविरुद्ध अख्तियारमा उजुरी
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंकक उडान
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंकक उडान
प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने
प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु
सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु