आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३, २०८०
|
|
३२ पटक हेरिएको
Shares
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

सारांश

  • आज असोज ३ गते संविधान दिवस, २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
  • आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

३ असोज, काठमाडौँ । आज असोज ३ गते संविधान दिवस, २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मुस्ताङ भन्सारबाट ११ अर्बको समान निकासी पैठारी
मुस्ताङ भन्सारबाट ११ अर्बको समान निकासी पैठारी
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु