सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
२४७ पटक हेरिएको
Shares
अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गरेका छन्।
  • बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू कञ्चनपुर–२ बाट निर्वाचित भएकोले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको सुनाए ।
  • उनले भने, ‘मलाई डोटेली भाषा मन पर्छ ।

 

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू कञ्चनपुर–२ बाट निर्वाचित भएकोले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको सुनाए ।

उनले भने, ‘मलाई डोटेली भाषा मन पर्छ । डोटेली भाषामा बोल्न मन लागेको थियो । तर, थाहा पाएँ अस्तिमात्रै मेरो साथी मनिष झाले मैथलीमा बोल्दा दस्तावेजीकरण हुँदो रहनेछ, अबदेखि संसद्मा दस्तावेजीकरण गरियोस् ।’
संसद् सचिवालयमा जनशक्ति कम भए सांसद आफैंले संसद्मा बुझाउने व्यवस्था गर्न आग्रह गरे । साथै उनले सुदूरपश्चिम प्रदेशका धेरै नागरिक रोजगारी तथा विदेश जाने प्रक्रियाका कारण भारतमा बस्न बाध्य भएको बताए ।
उनले सुदूरपश्चिमका धेरै मानिसहरू वैदेशिक रोजगारीका लागि वा काठमाडौं आएर प्रक्रिया पूरा गर्न नसक्दा भारतमै बसिरहेको बताए । उनले भने,‘सुदूरपश्चिमका धेरै मानिसहरु भारतमा छन् । वैदेशिक रोजगारीका लागि भनौं या विदेश जान काठमाडौं आउन नसकेर भारतमा छन् । ती मानिसहरुको न श्रम स्विकृती छ, न बीमा छ ? कति नेपालीहरु भारतमा छन् त्यसको तथ्यांक समेत सरकारसँग छैन ।’ उनले भारतमा रहेका नेपाली कामदारहरूसँग श्रम स्वीकृति तथा बीमाको व्यवस्था नभएको उल्लेख गर्दै सरकारसँग त्यहाँ रहेका नेपालीको यथार्थ तथ्यांकसमेत नरहेको बताए । उनले भारतमा रहेका नेपाली श्रमिकको अवस्था र सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै