अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
२४१ पटक हेरिएको
Shares
अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गरेका छन्।
  • बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू कञ्चनपुर–२ बाट निर्वाचित भएकोले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको सुनाए ।
  • उनले भने, ‘मलाई डोटेली भाषा मन पर्छ ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू कञ्चनपुर–२ बाट निर्वाचित भएकोले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको सुनाए ।

उनले भने, ‘मलाई डोटेली भाषा मन पर्छ । डोटेली भाषामा बोल्न मन लागेको थियो । तर, थाहा पाएँ अस्तिमात्रै मेरो साथी मनिष झाले मैथलीमा बोल्दा दस्तावेजीकरण हुँदो रहनेछ, अबदेखि संसद्मा दस्तावेजीकरण गरियोस् ।’
संसद् सचिवालयमा जनशक्ति कम भए सांसद आफैंले संसद्मा बुझाउने व्यवस्था गर्न आग्रह गरे । साथै उनले सुदूरपश्चिम प्रदेशका धेरै नागरिक रोजगारी तथा विदेश जाने प्रक्रियाका कारण भारतमा बस्न बाध्य भएको बताए ।
उनले सुदूरपश्चिमका धेरै मानिसहरू वैदेशिक रोजगारीका लागि वा काठमाडौं आएर प्रक्रिया पूरा गर्न नसक्दा भारतमै बसिरहेको बताए । उनले भने,‘सुदूरपश्चिमका धेरै मानिसहरु भारतमा छन् । वैदेशिक रोजगारीका लागि भनौं या विदेश जान काठमाडौं आउन नसकेर भारतमा छन् । ती मानिसहरुको न श्रम स्विकृती छ, न बीमा छ ? कति नेपालीहरु भारतमा छन् त्यसको तथ्यांक समेत सरकारसँग छैन ।’ उनले भारतमा रहेका नेपाली कामदारहरूसँग श्रम स्वीकृति तथा बीमाको व्यवस्था नभएको उल्लेख गर्दै सरकारसँग त्यहाँ रहेका नेपालीको यथार्थ तथ्यांकसमेत नरहेको बताए । उनले भारतमा रहेका नेपाली श्रमिकको अवस्था र सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने
सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा