नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा

सारांश

  • जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा सहायक तह ५ (प्राविधिक) मा कार्यरत कर्मचारी प्रेम बहादुर रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
  • आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार रावलले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडिएट एजुकेशन यु.
  • पी.

२८ चैत, काठमाडौं ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा सहायक तह ५ (प्राविधिक) मा कार्यरत कर्मचारी प्रेम बहादुर रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार रावलले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडिएट एजुकेशन यु.पी.) बाट हाइस्कूल परीक्षा उत्तीर्ण गरेको भनी झुटो प्रमाणपत्र प्रस्तुत गरेका थिए । सोही नक्कली प्रमाणपत्रका आधारमा उनले कम्पनीमा स्टोर सहायक तह ४ मा नियुक्ति लिई पछि बढुवा भई प्रमुख स्टोर सहायक तह ५ पदको सुविधा प्राप्त गरेका थिए ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन विपरीत देखिएकोले रावलविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार कैद र जरिवानाको मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
कोशी लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने
कोशी लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले थाल्यो आन्दोलन
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले थाल्यो आन्दोलन
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि तोडे अनसन
भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि तोडे अनसन
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने