Press 4K
बिहिबार, २५ भाद्र २०८३

इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व

सारांश

  • बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिए पछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन ।
  • इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कार पछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ ।
  • घटना लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान भइरहेको र केही दिनमै टुङगोमा पुगिने बताएको छ ।

८ चैत, सुर्खेत ।

बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिए पछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कार पछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ ।

घटना लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान भइरहेको र केही दिनमै टुङगोमा पुगिने बताएको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितको मोबाइलसहित भजाईनल स्वाब परीक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । ‘केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ’ उनले भने ती रिपोर्टहरू आएपछि घटनाको वास्तविक तथ्य खुल्नेछ ।’

हत्या प्रकरणमा जोडिएका अभियुक्तहरूको बयान सकिए पनि उनीहरूले घटनामा इन्कारी बयान दिएका छन् । पक्राउ परेका मध्ये एकले एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् । उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तस्राव भएपछि इनिशा बेहोस् भएको बताएको ती अधिकृतले बताए । ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’ सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ ।

ती युवाहरूले दिएको बयान सत्य हो या झूटो भन्ने कुरा पोलिग्राफबाट थाहा हुनेछ ती अधिकृतले बताए । घटनालाई वैज्ञानिक तवरले अनुसन्धान गर्न नेपालगन्जबाट पोल ग्राफको टोली पनि खटिएको छ । उक्त पोलिग्राफले सही वा झूटो बोलेको कुरा पत्ता लगाउने प्रहरीले जनाएको छ । घटनाको विभिन्न पाटोबाट अनुसन्धान सकिएको र फरेन्सिक रिपोर्टहरू आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको बुढथापाले बताए । सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।

इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरिरहेको छ । मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कार पछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय एक किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडा खाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृ*त्यु
विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृ*त्यु
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट
गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
मधेश प्रदेश सभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
मधेश प्रदेश सभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...