सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित

सारांश

  • ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोध र पक्षमा प्रदर्शन चर्किएपछि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ ।
  • पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलकारको विरोधमा रहेको पक्षले बिहीबार प्रदर्शन गर्दै निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।
  • झडपमा १२ प्रहरीसहित १३ जना घाइते भएका थिए ।

 

९ फागुन, विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोध र पक्षमा प्रदर्शन चर्किएपछि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ । पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलकारको विरोधमा रहेको पक्षले बिहीबार प्रदर्शन गर्दै निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा १२ प्रहरीसहित १३ जना घाइते भएका थिए ।

बिहीबार नै मानव अधिकारकर्मी र रेडक्रसकर्मी सवार गाडीमा नो केबलकार पक्षले आक्रमण गरेको थियो । सो समूहको आक्रमणबाट सवारी चालक घाइते भएका छन् । प्रहरीका अनुसार पाथीभरा क्षेत्रमा केबलकार बनाउनु  पर्ने पक्ष र विपक्षमा रहेको समूह भेला भएका छन् । अवस्था जटिल बन्ने देखिएपछि प्रदेश प्रहरी कार्यालयबाट  समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा टोली खटिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीका अनुसार दुवैपक्षसँग समन्वय गरेर अवस्था सामान्य बनाउनका लागि प्रदेशबाट टोली खटिएको हो । टोलीले पाथीभरा क्षेत्रको बस्तुस्थीति पनि अध्ययन गर्नेछ । पक्ष र विपक्षको समूह भेला भएपछि प्रहरीले पाथीभरा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

प्रहरी स्रोतका अनुसार नो केबलकार पक्षका करिब ३ सय जना पाथीभरा क्षेत्रमा छन् । यो समूहमा  राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी छन् । केबलकार बनाउनुपर्छ भन्ने पक्षका करिब २ सय जना छन् । पक्षमा रहेको समूह केबलकार बनाउनुपर्ने अडानमा छ भने विपक्षमा रहेको समूह कुनैपनि हालतमा रोक्नुपर्ने अडानमा छ । पक्ष र विपक्षबीच झडपको स्थीति बनेपछि निर्माण क्षेत्रमा रहेको जेसिबी फिर्ता ल्याइएको छ । सरकारले गठन गरेको वार्ता समिति र नो केबलकार पक्षबीचको छलफल निष्कर्षमा नपुगेपछि पहिचानवादीहरु पाथीभरा क्षेत्रमा पदयात्रा गर्ने भन्दै पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको  विवरण अनिवार्य, गलत भए कारबाही
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको विवरण अनिवार्य, गलत भए कारबाही
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
तिन वटा संसदीय समितिको बैठक बस्दै
तिन वटा संसदीय समितिको बैठक बस्दै
सिन्धुलीको मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा रद्द
सिन्धुलीको मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा रद्द
जय ट्रफीमा मधेश जितविहीन, अन्तिम खेलमा आर्मीको सहज जित
जय ट्रफीमा मधेश जितविहीन, अन्तिम खेलमा आर्मीको सहज जित
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव