मोरङ बाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
मोरङ बाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

सारांश

  • पक्राउ परेकाको साथबाट १ लाख ५ हजार रूपैयाँ बढी बरामद भएको छ।
  • तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१० भाउन्नेका ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० वर्षीय कमल डोटेल, ४५ वर्षीय बद्री विष्ट, ३५ वर्षीय सुमन भण्डारी, ५३ वर्षीय पदमबहादुर भण्डारी, ५८ वर्षीय दिलबहादुर तामाङ, ३९ वर्षीय लिलम लिम्बू र ४५ वर्षीय विश्वकुमार याक्खा रहेका छन्।
  • मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार बेलबारी–१० भाउन्नेमा सन्तोष याक्खाले सञ्चालन गरेको प्रशान्त होटलबाट उनीहरुलाई शनिबार साँझ ६:४० बजेतिर पक्राउ गरिएको हो।

१७ चैत, विराटनगर : 

मोरङको बेलबारीमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट १ लाख ५ हजार रूपैयाँ बढी बरामद भएको छ। तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१० भाउन्नेका ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० वर्षीय कमल डोटेल, ४५ वर्षीय बद्री विष्ट, ३५ वर्षीय सुमन भण्डारी, ५३ वर्षीय पदमबहादुर भण्डारी, ५८ वर्षीय दिलबहादुर तामाङ, ३९ वर्षीय लिलम लिम्बू र ४५ वर्षीय विश्वकुमार याक्खा रहेका छन्।

मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार बेलबारी–१० भाउन्नेमा सन्तोष याक्खाले सञ्चालन गरेको प्रशान्त होटलबाट उनीहरुलाई शनिबार साँझ ६:४० बजेतिर पक्राउ गरिएको हो। तास खेलिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले होटलमा छापा हानेको थियो। होटलमा छापा हानेर पक्राउ गरिएका ८ जनाको साथबाट १ लाख ५ हजार ८० रूपैयाँ नगद र ८ बुक तास बरामद भएको जानकारी एसपी चिमरियाले दिए।

प्रहरीले छापा हान्नसाथ होटल सञ्चालक सन्तोष याक्खा फरार भएका छन्। फरार रहेका याक्खाको खोजी भइरहेको चिमरियाले बताए।  पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ। एसपी चिमरियाले कानुनी कारबाहीका लागि पक्राउ परेकाविरुद्ध म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने बताए। यस विषयमा इन्स्पेक्टर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब मेरो राजनीतिबाट रिटायर्डकाे बेला भयो : देउवा
अब मेरो राजनीतिबाट रिटायर्डकाे बेला भयो : देउवा
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
बिपी राजमार्ग फेरि अवरुद्ध
बिपी राजमार्ग फेरि अवरुद्ध
अछाममा करेन्ट लागेर एक जनाको मृ*त्यु
अछाममा करेन्ट लागेर एक जनाको मृ*त्यु