बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २१, २०८३
|
|
६१ पटक हेरिएको
Shares
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

सारांश

  • बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।
  • नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।
  • बाढीका कारण सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

बाढीका कारण सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । अर्को सूचना नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहने जनाइएको छ ।

बेनी–जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–०२ बैसरीमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कालीगण्डकी कोरिडोर अन्तर्गत बौदीकाली गाउँपालिका–०३ जन्ती पहिरोमा पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु रहेको छ । उक्त सडक खण्डमा हाल ठूला सवारी साधन आवतजावत गर्न नसक्ने अवस्था रहेको छ ।

बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडक बाढीका कारण अवरुद्ध भएकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको श*व फेला
पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको श*व फेला
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
रुसको कामचाट्का प्रायद्वीपमा फेरि शक्तिशाली भूकम्प
रुसको कामचाट्का प्रायद्वीपमा फेरि शक्तिशाली भूकम्प
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ