जेनजी आन्दोलन : २ हजार ३ सय १६ जनाले गराए उपचार, उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
३८ पटक हेरिएको
Shares
जेनजी आन्दोलन : २ हजार ३ सय १६ जनाले गराए उपचार, उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान

सारांश

  • भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ ।
  •   भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए ।
  • जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो, जहाँ ७६ जनाले ज्यान गुमाएका छन् ।

१५ असोज, काठमाडौँ ।

भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ ।  भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो, जहाँ ७६ जनाले ज्यान गुमाएका छन् । सुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरेको सरकारी तथ्यांक छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताए ।

केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेको बताए । अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदाहुँदै मृत्यु हुनेको संख्या ४९ रहेको उनले जानकारी दिए । हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत रहेका पनि उनको भनाइ छ ।  उनका अनुसार आजसम्म १० वटा स्वास्थ्य संस्थाहरूमा अहिले पनि आन्दोलनमा घाइते भएकहरूको उपचार भइरहेको छ । हालसम्म २ हजार ३ सय १६ जना घाइतेहरूले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएका तथ्यांक छ । र २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किएका पनि डा. बुढाथोकीले जानकारी दिए । ‘एम्बुलेन्समार्फत त्यसबेला अस्पताल पुग्ने घाइतेहरू लगभग ९ सय ४७ जना हुनुहुन्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने
धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा
कांग्रेसको चियापानमा एमाले अध्यक्ष ओलीले भने- हामीमाथि प्रश्न उठाउने कोशिस गरिएको छ
कांग्रेसको चियापानमा एमाले अध्यक्ष ओलीले भने- हामीमाथि प्रश्न उठाउने कोशिस गरिएको छ
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी
प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी
लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ
लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ
माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन
माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन
ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी
ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
दुई अर्ब ६१ करोड राजस्व सङ्कलन
दुई अर्ब ६१ करोड राजस्व सङ्कलन