Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ

सारांश

  • श्रृंखलाबद्ध चोरी, डाँका तथा लुटपाटमा संलग्न गिरोहका चार भारतीय सहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा भारतीयको विहार सितामढी बेलाथाना ग्राम पञ्चायत शिवनगर–१ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका ४ निगौल बस्ने ३० वर्षीय प्रमोद कुमार साह, उनकी श्रीमती सन्जु देवी साह, सितामढी नगरपालिका जानकीनगर घर भई गौशाला–५ महलिया टोलमा बस्दै आएका ५२ वर्षीय रन्धिर साह र सितामढी वेला थाना विष्णुपुर पंचायत बस्ने वर्ष २४ का गोलु भन्ने सुधिर भण्डारी माली छन् ।
  • यस्तै महोत्तरीको गौशाला नगरपालिका ९ बिसरपुरका २८ वर्षीय ललन साह र गौशाला नगरपालिका ६ फुलकाहा बस्ने वर्ष २६ का राकेश कुमार यादव पनि पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जयसवारले जानकारी दिए ।

 

१४ मंसिर, जनकपुरधाम । श्रृंखलाबद्ध चोरी, डाँका तथा लुटपाटमा संलग्न गिरोहका चार भारतीय सहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतीयको विहार सितामढी बेलाथाना ग्राम पञ्चायत शिवनगर–१ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका ४ निगौल बस्ने ३० वर्षीय प्रमोद कुमार साह, उनकी श्रीमती सन्जु देवी साह, सितामढी नगरपालिका जानकीनगर घर भई गौशाला–५ महलिया टोलमा बस्दै आएका ५२ वर्षीय रन्धिर साह र सितामढी वेला थाना विष्णुपुर पंचायत बस्ने वर्ष २४ का गोलु भन्ने सुधिर भण्डारी माली छन् । यस्तै महोत्तरीको गौशाला नगरपालिका ९ बिसरपुरका २८ वर्षीय ललन साह र गौशाला नगरपालिका ६ फुलकाहा बस्ने वर्ष २६ का राकेश कुमार यादव पनि पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जयसवारले जानकारी दिए ।

डीएसपी जयसवारका अनुसार उनीहरू विभिन्न समय र स्थानमा हातहतियार देखाएर लुटपाट गरेको घटनामा संलग्न रहेको पाइएको छ ।महोत्तरीको औरही नगरपालिका–६ स्थित संजय कुमार यादव, गौशाला नगरपालिका–२ निगौल स्थित पुनम देवी, गौशाला नगरपालिका–१० जलिल टोल अपसना खातुन र राम बालक राउत कुर्मी, गौशाला नगरपालिका–४ रजखोर टोल बस्ने शुशिला देवीको घरमा उनीहरूले चोरी तथा लुटपाट गरेको खुलेको डीएसपी जयसवारले बताए। उनीहरूको साथबाट लुटपाटमा संलग्न रहेको हातहतियार समेत फेला परेको छ ।

म्यागजितसहितको पेस्तोल दुईथान, नलकटुवा बनदुक १ थान, म्याग्जिनमा लोड रहेको गोली ५ राउण्ड, र पिँधमा विभिन्न नाम लेखिएको गोली १९ थान बरामद भएको डीएसपी जयसवारले जानकारी दिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
यी हुन् आज शपथ लिन लागेका एमालेका ३३ जना मनोनित केन्द्रीय सदस्य
यी हुन् आज शपथ लिन लागेका एमालेका ३३ जना मनोनित केन्द्रीय सदस्य
बलिउड गायक हिमेश रेशमियाका पिताको निधन
बलिउड गायक हिमेश रेशमियाका पिताको निधन
शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग
शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग
अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य
अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह
अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै