बलिउड गायक हिमेश रेशमियाका पिताको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
बलिउड गायक हिमेश रेशमियाका पिताको निधन

सारांश

  •  बलिउड गायक तथा सगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ ।
  • ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
  • उनको आज मुम्बईको ओशिवारा श्मशान गृहमा अन्तिम संस्कार गरिएको छ।

 

३ असोज , काठमाडौँ बलिउड गायक तथा सगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ ।८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको आज मुम्बईको ओशिवारा श्मशान गृहमा अन्तिम संस्कार गरिएको छ। विपिन रेशमियाको परिवारले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टि गर्दै लेखेका छन्, ‘अत्यधिक दुःखका साथ हाम्रा बुवा विपिन रेशमियाको १८ सेप्टेम्बरमा निधन भएको जानकारी गराउँदछौं ।’विपिन रेशमिया फिल्मका निर्माता-संगीतकार थिए । उनले ‘द एक्सपोज’ (२०१४) र ‘तेरा सुरुर’ (२०१६) जस्ता फिल्महरू निर्माण गरेका थिए । उनले रिलिज हुन नसकेको ‘इन्साफ का सुरज’ (१९९०) को लागि पनि संगीत दिएका थिए । २०२१ मा, हिमेशले ‘इन्डियन आइडल’ को सेटमा खुलासा गरेका थिए कि उनका बुबाले एउटा गजबको गीत रचना गरेका थिए, जसलाई लता मंगेशकर र किशोर कुमारले गाएका थिए तर यो गीत कहिल्यै रिलिज भएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?