यी हुन् आज शपथ लिन लागेका एमालेका ३३ जना मनोनित केन्द्रीय सदस्य
सारांश
- पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूलाई शपथ गराउने एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
- एमालेले मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम बिहीबारै गर्ने तयारी गरेको थियो।
- तर, झापा विद्रोहका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले हिजो गर्ने भनेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजका लागि सारेको हो।
नेकपा (एमाले)का हालै मनोनित केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूलाई शपथ गराउने एमालेको
प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

एमालेले मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम बिहीबारै गर्ने तयारी गरेको थियो। तर, झापा विद्रोहका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले हिजो गर्ने भनेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजका लागि सारेको हो।
गत साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीमा ३३ जना सदस्य मनोनीत गरेको थियो।
केन्द्रीय सदस्यमा मनोनीत हुनेमध्ये १३ जना अन्य दलबाट आएका नेता हुन्। एमालेको विधानमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ।
यी हुन् आज शपथ लिने एमालेका ३३ जना केन्द्रीय सदस्य
काशीनाथ अधिकारी
देवराज घिमिरे
हरि रिजाल
पासाङ शेर्पा
नरेन्द्र भट्टराई
नाथुराम देवकोटा
धर्म गिरी
नारायण घर्ती
विद्यासुन्दर शाक्य
पाल्देन छोपाङ
विमला घिमिरे
श्रीमाया थकाली
जानुका सिंखडा
बिना बास्तोला
शान्तिलाल महत
विनोद पाण्डे
प्रेम दङ्गाल
पुष्पराज श्रेष्ठ
अन्य पार्टीबाट आएकहरू
मोहम्मद इस्तियाक राई
कौशिला खत्री
सुरेन्द्र उदास
दीपक खम्बु
जय गोदे
धर्मराज निरौला
प्रदीप यादव
अब्दुल हुसेन
डिबी कार्की
भवानी खापुङ
ददी चाम्लिङ
विनोद पहाडी
रामप्रित पासवान
ध्रुव विस्ट
प्रतिक्रिया