नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
८९ पटक हेरिएको
Shares
नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने

सारांश

  • नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडकमा वैशाख २२ गतेदेखि १० दिनसम्म आंशिकरुपमा बन्द गरिने भएको छ ।
  • सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
  • यी स्थानहरूमा रोकिनेछ सवारी साधन नागढुंगा चेकपोस्ट ट्ठ काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।

 

२० वैशाख, काठमाडौं ।

नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडकमा वैशाख २२ गतेदेखि १० दिनसम्म आंशिकरुपमा बन्द गरिने भएको छ ।सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । यी स्थानहरूमा रोकिनेछ सवारी साधन नागढुंगा चेकपोस्ट ट्ठ काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।

खत्रीपौवा पुल : नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ । वैकल्पिक मार्गको व्यवस्थायातायातमा समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । वैकल्पिक मार्गहरू यस्ता छन्– १. सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग २. सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ