उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

सारांश

  • सडकको छेउमा उभिएका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको हो।
  • सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङले बताए।
  • बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो।

२३ फागुन,  उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। सडकको छेउमा उभिएका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको हो। सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङले बताए।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो। अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।जिप चालक त्रियुगा नगरपालिका ९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त जिप गाईघाट हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्रालयमा एक सातामा भएका प्रमुख गतिविधि
स्वास्थ्य मन्त्रालयमा एक सातामा भएका प्रमुख गतिविधि
वीरगञ्ज नाकाबाट ५२ अर्ब बढीको भटमासको कच्चा तेल आयात, निर्यात ५५ अर्ब
वीरगञ्ज नाकाबाट ५२ अर्ब बढीको भटमासको कच्चा तेल आयात, निर्यात ५५ अर्ब
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
मन्त्रिपरिषद् बैठक साँझ बालुवाटारमा बस्दै
मन्त्रिपरिषद् बैठक साँझ बालुवाटारमा बस्दै
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट
नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट
माधव नेपालले बोलाए संसदीय दलको बैठक
माधव नेपालले बोलाए संसदीय दलको बैठक
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ