जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
२८ पटक हेरिएको
Shares
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन

सारांश

  • जनकपुर बोल्ट्सले एनपीएल क्रिकेटको उपाधि जितेपछि काठमाडौंमा केही अराजक र मानवता विरोधी तत्वद्वारा भएको भौतिक आक्रमण र गाली-गलौजको घटनाको विरोधमा सर्लाहीको मलंगवामा प्रदर्शन गरिएको छ।
  • सर्लाही क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले प्रदर्शनको आयोजना गर्दै दोषीमाथि कारवाहीको माग राखेको हो।
  • स्ववियूका सभापति धर्मेन्द्र टाका यादवले प्रदर्शनको उद्देश्य नेपाली एकता कायम राख्न र नकारात्मक गतिविधि गरिरहेका व्यक्तिहरूमाथि कारवाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई दबाब दिनु रहेको बताए।

 

८ पुस, सर्लाही। जनकपुर बोल्ट्सले एनपीएल क्रिकेटको उपाधि जितेपछि काठमाडौंमा केही अराजक र मानवता विरोधी तत्वद्वारा भएको भौतिक आक्रमण र गाली-गलौजको घटनाको विरोधमा सर्लाहीको मलंगवामा प्रदर्शन गरिएको छ। सर्लाही क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले प्रदर्शनको आयोजना गर्दै दोषीमाथि कारवाहीको माग राखेको हो।

स्ववियूका सभापति धर्मेन्द्र टाका यादवले प्रदर्शनको उद्देश्य नेपाली एकता कायम राख्न र नकारात्मक गतिविधि गरिरहेका व्यक्तिहरूमाथि कारवाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई दबाब दिनु रहेको बताए। प्रदर्शनका क्रममा स्ववियूका विद्यार्थीले नारा लगाउँदै दोषीलाई तत्काल कारवाही गर्न माग गरे। उनीहरूले यस्ता घटनाले नेपाली खेलकुदमा खलल पुर्‍याउने भन्दै यसले देशको एकता र खेलकुदको प्रतिष्ठामा आँच आउने उल्लेख गरे।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?