धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला

सारांश

  • सुनसरीको धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ।
  • आज बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ।
  • जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो।

२७ भदौ, काठमाडौं ।

सुनसरीको धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ। आज बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो।

शव कसको हो भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ। कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?