नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
५० पटक हेरिएको
Shares
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

सारांश

  • नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ ।
  • चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
  • विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए ।

२३ वैशाख, नवलपुर,

नवलपरासी। नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ ।

राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ । आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
बरियारपट्टी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रदर्शन
बरियारपट्टी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रदर्शन
दुर्गा प्रसाईं अस्पताल भर्ना
दुर्गा प्रसाईं अस्पताल भर्ना
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख
संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते
पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
सरकारी वकिल कार्यालयबाटै हत्कडीसहित महिला कैदी फरार
सरकारी वकिल कार्यालयबाटै हत्कडीसहित महिला कैदी फरार