Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

सारांश

  • -  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।
  • १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा बिहीबार आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरु नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
  • श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरु हुन् ।

 

१८ वैशाख, काठमाडौं ।- 

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा बिहीबार आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरु नियन्त्रण गर्नुपर्नेमा जोड दिए । श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरु हुन् । सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घरदैलोमा पु¥याउनका लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुुर्‍याउन श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु’, , प्रधानमन्त्री ओलीले भने ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहं भूमिका रहने बताए ।mसरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढिसकेको प्रधानमन्त्रीले बताए । श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो । जसबाट श्रम तथा रोजगार सम्बद्ध विषयहरुको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाहरुको नियमन, रोजगार सेवाको समतामूलक पहुँच, योग्यता विस्तार मार्फत सङ्घीयताको लाभहरु जनस्तरसम्म पुुर्‍याउन सहयोगी हुनेछ’, उनले भने । श्रमिक, रोजगारदाता र रोजगार सेवा वीचको दुरी हटाइ फेसलेस, प्रोसेसलेस र म्यानुुपुलेसनलेस बनाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकास मार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई यसले नियमन गर्दै राष्ट्रलाई सम्बृद्धितर्फ लैजान सहयोग गर्ने उनको भनाइ छ । सरकारले आगामी दशकलाई आन्तरिक प्रवद्र्धन दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी प्रधानमन्त्री ओलीले आह्वान गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँमै आधारभूत अस्पताल, खुसी छन् स्थानीय
गाउँमै आधारभूत अस्पताल, खुसी छन् स्थानीय
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र
वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?