श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

सारांश

  • -  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।
  • १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा बिहीबार आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरु नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
  • श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरु हुन् ।

 

१८ वैशाख, काठमाडौं ।- 

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा बिहीबार आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरु नियन्त्रण गर्नुपर्नेमा जोड दिए । श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरु हुन् । सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घरदैलोमा पु¥याउनका लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुुर्‍याउन श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु’, , प्रधानमन्त्री ओलीले भने ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहं भूमिका रहने बताए ।mसरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढिसकेको प्रधानमन्त्रीले बताए । श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो । जसबाट श्रम तथा रोजगार सम्बद्ध विषयहरुको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाहरुको नियमन, रोजगार सेवाको समतामूलक पहुँच, योग्यता विस्तार मार्फत सङ्घीयताको लाभहरु जनस्तरसम्म पुुर्‍याउन सहयोगी हुनेछ’, उनले भने । श्रमिक, रोजगारदाता र रोजगार सेवा वीचको दुरी हटाइ फेसलेस, प्रोसेसलेस र म्यानुुपुलेसनलेस बनाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकास मार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई यसले नियमन गर्दै राष्ट्रलाई सम्बृद्धितर्फ लैजान सहयोग गर्ने उनको भनाइ छ । सरकारले आगामी दशकलाई आन्तरिक प्रवद्र्धन दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी प्रधानमन्त्री ओलीले आह्वान गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य तोलामा ९०० ले घट्यो
सुनको मूल्य तोलामा ९०० ले घट्यो
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु
कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
मिथिलामा आज चैती छठ पर्व मनाइदै
मिथिलामा आज चैती छठ पर्व मनाइदै
नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल
अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो
अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु