च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
३० पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै

सारांश

  • आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ ।
  • फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया खेल्दै छन् ।
  • भारत पाकिस्तानमा खेल्न नगएकाले भारत संलग्न यस सेमिफाइनल खेल दुबईमा हुनेछ ।

२० फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया खेल्दै छन् । भारत पाकिस्तानमा खेल्न नगएकाले भारत संलग्न यस सेमिफाइनल खेल दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ ।

भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् ।  दुवै टोली यस प्रतियोगितामा अपराजित छन्, अस्ट्रेलियाको दुई खेल भने नतिजाविहीन थियो । भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई हराएको थियो । अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्याण्डमाथि शानदार जित निकाल्दा त्यसपछिका दुई खेल नतिजाविहीन भएको थियो । भारतले हालसम्मका तीनवटै खेल सोही मैदानमा खेलेको छ । त्यसकारण भारतलाई कन्डिशन राम्रोसँग थाहा छ ।

अस्ट्रेलियासँग मुख्य अनुभवी पेस बलर नहुँदा बलिङ केही कमजोर देखिएपनि आईसीसीका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सक्षम टिम हो । यी दुई टोली पछिल्लोपटक सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भेटेका थिए । उक्त खेलमा १ लाखभन्दा बढी दर्शकलाई भारतकै रंगशालामा स्तब्ध बनाउँदै अस्ट्रेलियाले छैटौंपटक विश्वकपको उपाधि जितेको थियो । भारत उक्त हारको बदला लिँदै उपाधिको एक कदम नजिक पुग्न चाहनेछ भने अस्ट्रेलिया जस्तो टिम लिएर खेलेको भएपनि आईसीसीका प्रतियोगितामा आफ्नो दबदबा कायमै राख्न चाहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
कच्चा पदार्थ अभावले पाइप उद्योग धमाधम बन्द हुँदै, खानेपानीका पूर्वाधार प्रभावित
कच्चा पदार्थ अभावले पाइप उद्योग धमाधम बन्द हुँदै, खानेपानीका पूर्वाधार प्रभावित
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
रौतहटमा मूर्ति सेलाउने विषयमा झडप, कर्फ्यू जारी
रौतहटमा मूर्ति सेलाउने विषयमा झडप, कर्फ्यू जारी