साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ ।
  • बुधबार २०.
  • ५६ अंकले घटेर २५४४.

२७ कात्तिक, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । बुधबार २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको नेप्से आज भने ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लीएको हो । नेप्सेमा सामान्य सुधार भएपनि अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता शेयर किनबेच भएको बजारमा आजभने कुल ३२९ स्टकको ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको हो । ५० हजार ६२१ पटकको कारोबारमा यो किनबेच भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले घटेको छ ।

फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ । यस दिन माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको र रु रु जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ४.८२ प्रतिशत घटेर १२६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै कारोबा भएको छ ।

यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब १४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक
‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक
कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
सर्पले टोकेर बालिकाको मृ*त्यु
सर्पले टोकेर बालिकाको मृ*त्यु
कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि
कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट