कच्चा पदार्थ अभावले पाइप उद्योग धमाधम बन्द हुँदै, खानेपानीका पूर्वाधार प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ८, २०८२
|
|
४६ पटक हेरिएको
Shares
कच्चा पदार्थ अभावले पाइप उद्योग धमाधम बन्द हुँदै, खानेपानीका पूर्वाधार प्रभावित

सारांश

  • पश्चिम एसियाली मुलुकमा भएको द्वन्द्वले गर्दा कच्चा तेलसँगै प्लास्टिकजन्य कच्चा पदार्थको अभाव भएको छ ।
  • जसले गर्दा प्लास्टिकजन्य कच्चा पदार्थ आपूर्ति गरी उत्पादन गर्दै आएका स्वदेशी उद्योग संकटमा परेका छन् ।
  • यतिबेला एचडीपी (हाइडेन्सिटी पोलिथिन पाइप) उद्योगलाई कच्चा पदार्थको अभावले समस्या पारेको छ ।

८ चैत, काठमाडौं ।

पश्चिम एसियाली मुलुकमा भएको द्वन्द्वले गर्दा कच्चा तेलसँगै प्लास्टिकजन्य कच्चा पदार्थको अभाव भएको छ । जसले गर्दा प्लास्टिकजन्य कच्चा पदार्थ आपूर्ति गरी उत्पादन गर्दै आएका स्वदेशी उद्योग संकटमा परेका छन् ।

यतिबेला एचडीपी (हाइडेन्सिटी पोलिथिन पाइप) उद्योगलाई कच्चा पदार्थको अभावले समस्या पारेको छ । कच्चा पदार्थ नभएपछि केही पाइप उद्योग बन्द भएका छन् । हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै उद्योगका समस्याबारे अवगत गराएको छ ।

‘एचडीपी उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ (एचडीपी ग्रानुयल्स) कच्चा तेलको प्रशोधन गरी उत्पादन गरिन्छ, पश्चिम एसियामा जारी तनावका कारण भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको ढुवानी विगत केही सातादेखि अवरुद्ध भइरहेको छ’ एसोसिएसनले भनेको छ ‘जसकारण हाल केही उद्योगमा कच्चा पदार्थको मौज्दात शून्य भएकोले उद्योग नै बन्द रहेको अवस्था छ भने केही उद्योग बन्द हुने संघारमा छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु
६८ लाख नगदसहित ४ जना पक्राउ
६८ लाख नगदसहित ४ जना पक्राउ
हेटौडा: सवारी दुर्घटना हुँदा एक जना घाइते
हेटौडा: सवारी दुर्घटना हुँदा एक जना घाइते
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ
ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ