विश्वको प्रदूषित सहरहरू मध्ये काठमाडौं छैटौं स्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
विश्वको प्रदूषित सहरहरू मध्ये काठमाडौं छैटौं स्थानमा

सारांश

  • मुलुकभर चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढ्दै गएको छ ।
  • अहिले काठमाडौं विश्वको प्रदूषित सहरको छैटौंैं नम्बरमा परेको छ ।
  • दुई विशाल छिमेकी मुलुक भारत र चीनमा उत्पादन भएको प्रदूषण हावाको माध्यममार्फत् नेपाल प्रवेश गर्ने गरेकाले पनि वातावरण प्रदूषित हुँदै गएको वातावरण विज्ञहरू बताउँछन् ।

३० कार्तिक,  काठमाडौं । मुलुकभर चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढ्दै गएको छ । अहिले काठमाडौं विश्वको प्रदूषित सहरको छैटौंैं नम्बरमा परेको छ । दुई विशाल छिमेकी मुलुक भारत र चीनमा उत्पादन भएको प्रदूषण हावाको माध्यममार्फत् नेपाल प्रवेश गर्ने गरेकाले पनि वातावरण प्रदूषित हुँदै गएको वातावरण विज्ञहरू बताउँछन् ।

नेपालमा अहिले पश्चिमी वायु सक्रिय रहेको र नेपालभन्दा पश्चिममा रहेका पाकिस्तान तथा भारतमा फैलिएको प्रदूषणलाई हावाले उडाएर नेपाल ल्याएकाले पनि प्रदूषण बढ्नुको प्रमुख कारण रहेको वरिष्ठ वातावरणविद् भूषण तुलाधरले  जानकारी दिनुभयो । विश्वको प्रदूषित सहरमा पाकिस्तानको लाहोर सहर रहेको छ । सिंगापुरको वायुको शुद्धता मापन गर्ने वेभसाइटका अनुसार त्यहाँको वायु शुद्धता सूचकांक (एक्युआई) १११७ रहेको छ । जुन अत्यत्नै हानिकारक हो । लाहोरमा प्रदूषणको मात्रा अत्यधिक बढेपछि त्यहाँको सरकारले अत्यावश्यक सेवाबाहेक अन्य काममा नलाग्न जनतालाई आग्रह नै गरेको थियो ।

पाकिस्तानपछि प्रदूषित सहरको सूचीमा भारतको नयाँदिल्ली, कोलकोत्तालगायतका सहरहरू परेका छन् । नेपालमा पश्चिमी वायुका साथै वर्षा सकिएपछि चिसो बढ््ने र चिसो बढेसँगै प्रदूषणका कणहरू हावामा नै जम्मा भएर बसिरहने भएकाले पनि वायु प्रदूषणको मात्रा बढ्ने वातावरण विज्ञ तुलाधरले जानकारी दिनुभयो । वायु प्रदूषण प्राकृतिक र मानव सिर्जित दुवै कारणबाट बढ्ने भएकाले यसका लागि सजकता अपनाउनुको विकल्प नभएको पनि उहाँले बताउनुभयो ।

हिउँदे याम शुरू भएपछि नेपालमा बालीनाली भित्र्याउने र पातपतिंगरलगायत जम्मा भएर बसेको फोहोर मैला जलाउने र त्यसबाट निस्कने प्रदूषण पनि नेपालका लागि हानिकारक हुने गरेको छ । अहिले काठमाडौंमा प्रदूषणको मात्रा बढेर १ सय ५० एक्युआई पुगेको छ । यो मानव स्वास्थ्यका लागि हानिकारक मानिएको छ । नेपालमा हिउँदे याम शुरू भएपछि इँटाभट्टाहरू सञ्चालन गर्ने जंगलतिर पनि आगलागी हुनेजस्ता घटनामा वृद्धि हँुदै गएपछि नेपालका प्रमुख सहरहरूमा वातावण प्रदूषण बढ्दै गएको छ ।

निर्माणाधीन सडकबाट निस्कने धुलो र त्यसका कणहरू देशैभर फैलिएका कारण नेपालमा वायु प्रदूषण बढेको निष्कर्षमा वातावरणविद्हरू पुगेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकालगायत देशभर अहिले वर्षा हुने सम्भावना नरहेकाले वायु प्रदूषणको तह घट्ने छाँट देखिँदैन । अहिले वायु प्रदूषणको मारमा एसियाली मुलुकहरू परेका छन् । यी मुलुकमा ठूलाठूला उद्योग कलकारखाना रहेका र त्यसबाट निस्कने प्रदूषलाई व्यवस्थित गर्न नसक्दा यो समस्या आएको वातावरणविज्ञहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
५ दिनदेखि बेपत्ता पतिपत्नी जंगलमा मृ*त फेला
५ दिनदेखि बेपत्ता पतिपत्नी जंगलमा मृ*त फेला
पूर्वपत्नीको बलात्कार उजुरीपछि पक्राउ परेका इन्स्पेक्टर गुरुङ कारागार चलान
पूर्वपत्नीको बलात्कार उजुरीपछि पक्राउ परेका इन्स्पेक्टर गुरुङ कारागार चलान
कारोबारको आधारमा अनलाइनबाटै ऋण लिन सकिने व्यवस्थालाई सहज बनाउँदै राष्ट्र बैँक
कारोबारको आधारमा अनलाइनबाटै ऋण लिन सकिने व्यवस्थालाई सहज बनाउँदै राष्ट्र बैँक
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार
विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा