मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
१०४ पटक हेरिएको
Shares
मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी

सारांश

  • धरानका मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी परेको छ ।
  • सडक बनाउने विवाद मिलाउन धरान ११ पुगेका मेयर साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका हुन् ।
  • मेयर साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बुले मेयर साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ कै चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।

१० वैशाखः  काठमाडौँ ।

धरानका मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी परेको छ । सडक बनाउने विवाद मिलाउन धरान ११ पुगेका मेयर साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका हुन् । मेयर साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बुले मेयर साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ कै चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।

सन्तोष लिम्बू धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष हुन् । नगरकोट–बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । बजेट कम भएपछि मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो । विवाद मिलाउन नगर मेयर साम्पाङ सोमबार आउने भनिएपनि उनी मंगलबार मात्र निर्माणस्थल पुगेका थिए । तर, उनले विवाद मिलाउनुको साटो उल्टै विवाद निकालेको सन्तोषको भनाइ छ । ‘मेयरकै अघि उनका समर्थकले म माथि हातपात प्रयास गरे त्यसैले कानुनी उपचार खोज्दै छु’ उनले भने । मेयर साम्पाङ र सन्तोष लिम्बूबीच सोमबार भनाभन भएको थियो । त्यस बेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए । सोक्रममा जोन लिम्बू आफूमाथि आइलागेको उनले बताए । सन्तोष लिम्बु माओवादी कार्यकर्ता हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर
मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर
भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा
भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरकाे साढे पाँच कराेड सहयोग
कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरकाे साढे पाँच कराेड सहयोग
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै
निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला
निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा
ट्रम्पलाई अमेरिकी अदालतको झट्का, राष्ट्रिय गार्ड तैनाथीमा लगायो रोक
ट्रम्पलाई अमेरिकी अदालतको झट्का, राष्ट्रिय गार्ड तैनाथीमा लगायो रोक