मधेशमा बलिदानी दिवस मनाइँदै ,आन्दोलनको १८ वर्ष पूरा,

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
४२ पटक हेरिएको
Shares
मधेशमा बलिदानी दिवस मनाइँदै ,आन्दोलनको १८ वर्ष पूरा,

सारांश

  • अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको मधेश आन्दोलनको सम्झनामा मधेशवादी दल र प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवस मनाउँदै आएका छन् ।
  • आज पनि विभिन्न कार्यक्रम हुँदैछन् ।
  • मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गर्छन् ।

५ माघ, काठमाण्डौ – मधेश आन्दोलन भएको १८ वर्ष पूरा भएको छ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको मधेश आन्दोलनको सम्झनामा मधेशवादी दल र प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवस मनाउँदै आएका छन् ।

आज पनि विभिन्न कार्यक्रम हुँदैछन् । मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गर्छन् । २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी भएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता नसमेटेको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो । माघ २ गतेदेखि शुरू भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको ज्यान गएको थियो । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । त्यही आन्दोलनको जगमा देशमा सङ्घीयता र संविधान आएको भन्दै हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको छ । मधेस आन्दोलनकै जगमा सङ्घीयता, समानता, समावेशिता, आरक्षण लगायतका महत्त्वपूर्ण उपलब्धि हासिल भए पनि अझै अधिकारबाट वञ्चित हुनुपरेको मधेशका नागरिकको गुनासो छ । केन्द्रीय नेतृत्व राजनीतिक स्वार्थमा अल्झिँदा र इमानदार नभइदिँदा अधिकारको कार्यान्वयन हुन नसकेको मधेशका बुद्धिजीवीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
१४ किलो सुनबारे छानबिन गर्न समिति गठन
१४ किलो सुनबारे छानबिन गर्न समिति गठन
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
भारतले उचाल्यो एसिया कपको उपाधि
भारतले उचाल्यो एसिया कपको उपाधि