कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
६२३ पटक हेरिएको
Shares
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

सारांश

  • सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • जिल्ला अदालत सर्लाहीको फैसला कार्यान्वयनका लागि खटिएको कर्मचारी तथा प्रहरी टोलीमाथि आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई सोमबार बेलुका पक्राउ गरिएको हो ।
  • प्रहरीका अनुसार गत शनिबार साँझ अदालतको डोर चलानका लागि पुगेको कर्मचारी तथा प्रहरी टोलीमाथि दुर्व्यवहार तथा अवरोध भएको थियो ।

२ असार, सर्लाही ।

सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला कार्यान्वयनका लागि खटिएको कर्मचारी तथा प्रहरी टोलीमाथि आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई सोमबार बेलुका पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गत शनिबार साँझ अदालतको डोर चलानका लागि पुगेको कर्मचारी तथा प्रहरी टोलीमाथि दुर्व्यवहार तथा अवरोध भएको थियो । सो घटनासम्बन्धी परेको उजुरीका आधारमा वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले अदालतको डोर चलानका लागि खटिएका कर्मचारीमाथि दुर्व्यवहार भएको विषयमा अनुसन्धान तथा सामान्य सोधपुछका लागि गुप्तालाई नियन्त्रणमा लिइएको बताए । घटनापछि कर्मचारी तथा प्रहरी टोलीमाथि भएको आक्रमण र अवरोधबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो
बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन सुरु
बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन सुरु
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
मानव तस्करीमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
मानव तस्करीमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
नाउपाका संरक्षक रेशम चौधरी रिहा
नाउपाका संरक्षक रेशम चौधरी रिहा
क्यानडासँग ओडीआईमा पहिलो पटक हार्‍यो नेपाल
क्यानडासँग ओडीआईमा पहिलो पटक हार्‍यो नेपाल
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह