ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
सारांश
- भक्तपुरमा शुक्रबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
- मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरि गोविन्द सुवाल रहेका छन् ।
- जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्र्याक्टर अनियन्त्रण भएर पल्टिएको हो ।
१ मंसिर, काठमाडौँ । भक्तपुरमा शुक्रबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरि गोविन्द सुवाल रहेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया