नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२४ पटक हेरिएको
Shares
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल

सारांश

  • स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिएका छन्।
  •   जनसंख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैङ्कक पुगेका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग छलफल गरेका हुन्।
  • नेपाली राजदूतावासको आयोजनामा बैङ्ककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्योपचार प्रणाली, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य बिमाबारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव लिएको उनको निजी सचिवालयले जनाएको छ।

१० असार, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिएका छन्।  जनसंख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैङ्कक पुगेका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग छलफल गरेका हुन्। नेपाली राजदूतावासको आयोजनामा बैङ्ककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्योपचार प्रणाली, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य बिमाबारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव लिएको उनको निजी सचिवालयले जनाएको छ।

दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरूबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे। ‘हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौँ, तपाईहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ’, मन्त्री पौडेलले भने। थाइल्याण्डका लागि नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा नेपालीहरु चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास तथा नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेका उल्लेख गर्दै उनीहरूको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्गप्रशस्त गर्ने बताए। अन्तरक्रियामा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीहरूले आफ्नो सेवा स्वदेशमा विस्तार गर्न तयार रहेको बताए। साथै, सहभागी स्वास्थ्य बिमाका जानकारहरूले थाइल्याण्डको अभ्यासबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए।  मन्त्री पौडेलले संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
भैरहवामा निकालियो सद्भाव र्‍याली
भैरहवामा निकालियो सद्भाव र्‍याली
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल
सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ
सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च
बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च